गैर–आवासीय नेपाली सोसल क्लब, ओमान (Non-Resident Nepali Social Club, Oman) द्वारा नेपाली दूतावास, ओमानमा ज्ञापनपत्र प्रस्तुत
मस्कट, ओमान | Muscat, Oman —
नेपाली दूतावास, ओमानद्वारा स्थानीय नेपाली समुदायको सहभागितामा बिदाको दिन आयोजित विशेष कार्यक्रममा गैर–आवासीय नेपाली सोसल क्लब, ओमान (NRN Social Club) ले शुक्रबार, ०५ डिसेम्बर २०२५ का दिन नेपाली श्रमिक तथा गैर–आवासीय नेपाली नागरिकहरूको हक–हित, संरक्षण र कल्याणसम्बन्धी विषयहरू समेटिएको ज्ञापनपत्र प्रस्तुत गरेको छ।
ओमानमा रहेका सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व गर्दै क्लबका अध्यक्ष श्री सुरेश खड्काद्वारा उक्त ज्ञापनपत्र सम्मानपूर्वक नेपाली दूतावास, ओमान समक्ष हस्तान्तरण गरिएको हो।
The Non-Resident Nepali Social Club, Oman, on Friday, 05 December 2025, submitted a memorandum to the Embassy of Nepal, Muscat during a special program organized by the Embassy in coordination with the local Nepali community. The memorandum was respectfully presented on behalf of the Nepali community in Oman by Club President Mr. Suresh Khadka.
उक्त ज्ञापनपत्रमा विदेशमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षा, समान अवसर, सेवा प्रवाहको सरलता तथा कानुनी संरक्षणलाई प्राथमिकतामा राख्दै लैङ्गिक समानता, भिसा तथा श्रम स्वीकृति प्रक्रियामा सुधार, श्रम नवीकरण तथा पुनः रोजगारीको सहजता, मानव तस्करी नियन्त्रण, जेल वा अस्पतालमा परेका नेपालीहरूको उद्धार, निशुल्क कानुनी सहायता, सामाजिक सुरक्षा कोष, ओमान–नेपाल प्रत्यक्ष हवाई सेवा, आपतकालीन टोल–फ्री सम्पर्क व्यवस्था तथा दूतावास सेवाशुल्कमा पारदर्शिता जस्ता विषयहरू समावेश छन्।
The memorandum highlights key concerns including gender equality; improvements in visa and labor approval processes; facilitation of labor renewal and re-employment; prevention of human trafficking; assistance to Nepalis in prisons or hospitals; provision of free legal aid; effective implementation of the Social Security Fund; the need for direct air connectivity between Oman and Nepal; emergency toll-free contact services at the Embassy; and transparency in documentation and service fees.
गैर–आवासीय नेपाली सोसल क्लब, ओमानले नेपाली दूतावास, ओमान तथा नेपाल सरकारद्वारा विदेशस्थित नेपालीहरूको हितमा भइरहेका प्रयासहरूप्रति सम्मान व्यक्त गर्दै समुदायका वास्तविक समस्या समाधानका लागि निरन्तर सहकार्य, समन्वय र संवाद आवश्यक रहेको स्पष्ट पारेको छ।
The NRN Social Club, Oman, expressed appreciation for the ongoing efforts of the Embassy of Nepal, Muscat, and the Government of Nepal, and reaffirmed its commitment to continued cooperation in addressing the genuine concerns of the Nepali community abroad.
—
गैर–आवासीय नेपाली सोसल क्लब, ओमान
Non-Resident Nepali Social Club, Oman