अनलाइन ठगीका घटना
!! सावधान !! सावधान !! सावधान !!
हाल ओमानमा अनलाइन ठगीका घटनाहरू निकै बढिरहेका छन्।
ठगहरू विभिन्न सामाजिक सञ्जाल (जस्तै: IMO, WhatsApp, Google Meet, आदि) बाट फोन गरेर
• विभिन्न प्रलोभन देखाउने,
• धम्की दिने,
• वा आफू ROP (Royal Oman Police) बाट हुँ भनेर भनी तपाईंकै बैंक कार्ड नम्बर, OTP माग्ने गरेको पाइएको छ।
ध्यान दिनुपर्ने कुरा:
• ROP ले कहिल्यै पनि IMO, WhatsApp, Google Meet जस्ता एपबाट कल गर्दैन। यस्तो कल आए तुरुन्त काट्नुहोस्।
• आफ्नो बैंक कार्ड, PIN वा OTP कसैलाई पनि कहिल्यै नदिनुहोस्।
• यदि यस्तो कल आएर तपाईंलाई डर वा मानसिक तनाव भयो भने: आफ्नो विश्वासिलो साथी वा चिनेजानेकालाई जानकारी दिनुहोस्।
• वा हाम्रो NRN सोसल क्लबका प्रतिनिधि वा हाम्रो facebook पेज मार्फत हामीलाई सम्पर्क गर्नुहोस्।
हामी सक्दो मद्दत गर्नेछौं।